टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग – Janadesh Daily | ePaper

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग


सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परेकाहरुको उद्धारको काम सुरु गरेका हुन् ।

सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताउनुभएको छ । उहाँले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्वारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्वार अधिकारीहरुलाई भन्नुभएको छ ।

उहाँले भूकम्पको क्षतिको आँकलनका साथै त्यसमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अधिकारीहरु त्यहाँ पुगेका जानकारी दिनुभएको छ ।अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्