लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर – Janadesh Daily | ePaper

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर


१. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो ?

 नेपाल

–  २०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको । फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको ।

– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।

– नेपाली खेलाडी गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । यस्तै नेपालका कुशल भुर्तेल एक, आसिफ शेख आठ र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए । युएईका रोहन मुस्ताफाले दुई र आयन अफजल खानले एक विकेट लिएका थिए ।

– मार्च १ मा वर्षाले खेल स्थगित भएपछि मार्च २ मा खेललाई निरन्तरता दिइएको थियो । मार्च १ मा सुरु खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो । त्यही स्कोरबाट सुरु गरेको युएई ५.४ ओभर मात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो ।

– यस प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता थियो । जसमा समूह ‘ए’अन्तर्गत नेपाल, ओमन, मलेसिया, साउदी अरब र कतार तथा समूह ‘बी’ तर्फ युएई, कुवेत, हङकङ, बहराइन र सिङ्गापुर थिए ।

२. केन्द्रीय तथ्याङ्क विभागको नाम परिवर्तन गरी के बनाइएको छ ?

 राष्ट्रिय तथ्याङ्क कार्यालय

– वि.सं. २०७९ कात्तिक ३

– तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्क सङ्कलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत रूपमा ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ नामकरण गरिएको ।

– राष्ट्रिय योजना आयोग मातहत रहेको सो निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत रहने ।

– राष्ट्रिय योजना आयोगअन्तर्गत रहे पनि तथ्याङ्क विभाग प्राविधिक रूपले स्वायत्त निकायका रूपमा स्थापित भएको सम्बन्धित अधिकारीहरूको भनाइ रहेको ।

– साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीका रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलिया (२०७९ फागुन २९)ले जिम्मेवारी पाएका ।

– तथ्याङ्क ऐन, २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐनअनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको ।

३. प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कहिले सम्पन्न भएको हो ? 

 वि.सं. २०८० वैशाख १०

–  वि.सं. २०८० वैशाख १० मा सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका ।

– चितवन क्षेत्र नं. २ बाट सो दलका सभापति रवि लामिछाने र तनहुँ–१ बाट सोही दलका उम्मेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएका ।

– रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका । लामिछाने आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ४२ हजार ९६२ मतान्तरले निर्वाचित भएका । ४ मङ्सिरको चुनावमा सबैभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका ।

– निर्वाचन आयोगका अनुसार तनहुँ क्षेत्र नं. १ मा स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका ।

– बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका ।

४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई–पासपोर्ट पु-याउने लक्ष्य रहेको छ ? 

 सन् २०३०

५. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त एवं प्रभावकारी बनाउने उद्देश्यका साथ कति वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ? 

 १० वर्षे (वि.सं. २०७७ चैत २५ मा)

६. सबैभन्दा बढी विप्रेषण भित्र्याएबापत राष्ट्र बैङ्कबाट सम्मानित (वि.सं. २०८० वैशाखमा) वाणिज्य बैङ्क कुन हो ?

 हिमालयन बैङ्क

– वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी विप्रेषण

भिœयाउन सफल ।

– बैङ्कले आ.व. २०७८÷७९ मा कुल विप्रेषणको १६.९० प्रतिशत रकम भिœयाएको ।

– विगत लामो समयदेखि हिमाल रेमिटमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको ।

७. चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’बाट कसलाई सम्मानित ग-यो ?

 शान्तिप्रिय (पुरस्कार राशि रु. ५५,५५५।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान (२०८०) : पत्रकार तुलसी गिरी भावुक र श्रीराम सिग्देल

– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (२०८०) : कुवेर डङ्गोल र दीपज्योति थापा

– राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार :

सृष्टि पोखरेल

– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (मोफसल) :

रवि अधिकारी

८. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो ? 

 स्टेच्यु अफ युनिटि (भारत)

– उचाइ : १८२ मिटर (५९७ फिट)

– आइरन म्यान अफ इन्डिया भनेर चिनिने स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभभाइ पटेलको उक्त मूर्ति विश्वकै अग्लो मूर्तिका रूपमा रहेको ।

– मूर्ति गुजरात राज्यको नर्वदा नदीमा बाँध बनाउँदा बनेको ठूलो तलाउ सरदार सरोवरको निकटमा रहेको ।

– मूर्तिका डिजाइनर राम भि. सुतार रहेका ।

– मूर्तिको निर्माण अवधि सन् २०१३ अक्टोबर–२०१८ अक्टोबर रहेको ।

९. बिम्स्टेकको हालका महासचिव को हुन् ?

 तेन्जिन नेकफेल (भुटान)

– उनी सन् २०२० नोभेम्बर ६ मा नियुक्त भएका ।

– बिम्स्टेक महासचिवको कार्यकाल तीन वर्षको हुने ।

– सचिवालय बङ्गलादेशको ढाकामा रहेको ।

बिम्स्टेकको हालसम्मका महासचिवहरू

१०. नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?

 वैशाख १६

–  (वि.सं. २०८० देखि मनाउन सुरु गरिएको ।)

११. पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकाली केबलकारको औपचारिक रूपमा उद्घाटन कहिले गरिएको हो ?

 वि.सं. २०८० वैशाख १८ (वि.सं. २०७० वैशाख १ मा परीक्षण सञ्चालनमा ल्याइएको ।)

१२. सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँँ राहत दिने कार्यविधि कहिले पास गरेको हो ?

 वि.सं. २०८० वैशाख ६

– कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिने ।

– लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइने ।

– पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाइने र विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकुलाई राहत रकम उपलब्ध गराउने ।

– अयोग्य लडाकु पहिचानको आधार अनमिनले तयार गरेको प्रतिवेदनलाई मानिने ।

१३. वसुन्धराश्री पुरस्कार, २०८० बाट सम्मानित व्यक्तित्व को हुन् ?

 डा. सन्दुक रुइत

– यस पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको ।

– पहिलो पटक यो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको । त्यस्तै मानश्री पुरस्कार, २०८० महावीर पुनलाई प्रदान गरिएको ।

– वसुन्धरा मान प्रतिष्ठानद्वारा प्रदान गरिने दुवै पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको ।

१४. १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) को मध्यावधि समीक्षाअनुसार लक्ष्य पूरा हुन कठिन देखिएको क्षेत्र कुन हो ?

 सुशासन

– आवधिक योजनाको मध्यावधि समीक्षाले तीन आर्थिक वर्षसम्म चार लक्ष्य पूरा भएको, पाँच लक्ष्य प्राप्ति उन्मुख र एउटा लक्ष्य पूरा हुन कठिन रहेको देखिएको ।

– समीक्षामा राष्ट्रिय लक्ष्यका प्रगतिलाई हरियो, पहेँलो र रातो गरी तीन सङ्केत दिइएको । लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई हरियो, लक्ष्य प्राप्ति उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई पहेँलो र लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकको लक्ष्य प्राप्त गर्न कठिन) भएकोलाई रातो सूचक दिइएको । जसअनुसार १० राष्ट्रिय लक्ष्यमध्ये चारवटाले हरियो, पाँचवटाले पहेँलो र एउटाले रातो सङ्केत प्राप्त गरेका ।

हरियो : लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)

पहेँलो : लक्ष्य उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)

रातो : लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकहरूको लक्ष्य प्राप्त गर्न कठिन)

प्रस्तुतकर्ता : टङ्क केसी 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्