बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ? – Janadesh Daily | ePaper

बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?


जनादेश संवाददाता,

गोरखा । शुक्रबार जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने ?’

प्रधानमन्त्री ओली गैरजिम्मेवार रहेको र उनी सत्तामा रहेसम्म देश र जनताले दुःख पाइरहने भन्दै भट्टराइले असन्तुष्टि व्यक्त गरे । नेता भट्टराईले जनताको स्वास्थ्यप्रति गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्