बलिउड अभिनेता आमिर काठमाडौंमा: विपश्यना ध्यान गर्न जाने – Janadesh Daily | ePaper

बलिउड अभिनेता आमिर काठमाडौंमा: विपश्यना ध्यान गर्न जाने


काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आउनुभएको छ । अभिनेता खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आउनुभएको हो ।

उहाँ १० दिन मौन बस्ने र यसबीच उहाँलाई केही आवश्यक परेमा स्वयंसेवीसँग कुरा गर्न पाउने बताइएको छ ।

पछिल्लो समय आमिर फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिनुभएको थियो । ‘मिस्टर परफेक्सनिस्ट’ का रूपमा चिनिने आमिरलाई कयौँ बलिउड फिल्मा देख्न सकिन्छ । उहाँले बलिउड आफ्नो ३० वर्ष बिताइसक्नुभएको छ ।

यस्तै, पछिल्लो समय आमिर खान ‘गजनी’ को सिक्वेलको तयारीमा रहेकोसमेत बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्