बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् ।
शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईमाथि आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरेको हो ।
राईले फाउन्डेसनमा बसेर अध्ययन गरिरहेका बालबालिकाका अगाडि अश्लिल हर्कत गर्ने, अपशब्द बोल्ने र दूव्र्यवहार गर्ने गरेको सामाचार बाहिरिएसँगै उनी प्रहरी पक्राउमा परेका हुन् । बिहीबार सेतोपाटीले पीडित बालबालिकाका भनाइसहित राईको अश्लील हर्कत झल्किने भिडियो सामग्री संलग्न गरेको खबर बाहिर ल्याएको थियो ।