‘सडक टु’ को ट्रेलर पछि सार्वजनिक गीत ‘तुम से ही’ मा डिस्लाईकको ओइरो – Janadesh Daily | ePaper

‘सडक टु’ को ट्रेलर पछि सार्वजनिक गीत ‘तुम से ही’ मा डिस्लाईकको ओइरो


जनादेश, काठमाडौँ ।

छिट्टै रिलिज हुने क्रममा रहेको बलिउड फिल्म ‘सडक टु’ को ट्रेलर पछि सार्वजनिक गीत ‘तुम से ही’ गीतमा डिस्लाईकको ओइरो लागेको छ ।

युट्युमा सार्वजनिक गरिएको सो गीतमा लाखौँ दर्शकले डिस्लाइक गरेका छन् । यस अघि सार्वजनिक गरिएको फिल्मको ट्रेलर मा समेत लाखौँको डिस्लाइक आएको छ । बलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै बलिउडमा नपोेटिजमको कुरा उठेको थियो । बलिउडमा हुने गरेको नेपोटिजम कै कारण सुशान्तले आत्महत्या गरेको धेरै जसो दर्शकको भनाइ रहेको छ । सुशान्तको आत्महत्याबारे दिनशु नयाँ तथ्य सार्वजनिक भइरहेको छ । यससँगै घटनाको समेत अनुसन्धान चलिरहेको छ ।

बलिउडमा क्षमतालाई भन्दा सेलिब्रेटी किडलाई प्राथमिकता दिइने गरेको स्वयम केही कलाकारले समेत बताएका छन् । सुशान्तको आत्महत्यापछि धेरै जसो मानिसले सेलिब्रेटी किडलाई बहिस्कार गर्ने जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्