नबिल बैंकद्वारा कोरोना उपचार कोषलाई ६ करोड रुपैयाँ सहयोग – Janadesh Daily | ePaper

नबिल बैंकद्वारा कोरोना उपचार कोषलाई ६ करोड रुपैयाँ सहयोग


काठमाण्डौ,

नबिल बैंकले नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा ६ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सहयोग रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

अर्थ मन्त्रालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा बैंकका संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरी पनि सहभागी थिए ।

शाहले कोरोना भाइरस महामारीविरुद्ध नेपाल सरकारले गरेका प्रयासमा मद्दत गर्न पाउनु ठूलो सम्मान भएको बताए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको उनको भनाइ थियो ।

Source: https://nayapatrikadaily.com/news-details/49402/2020-08-17

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्