मृतकका परिवारलाई आर्थिक सहयोग – Janadesh Daily | ePaper

मृतकका परिवारलाई आर्थिक सहयोग


सिन्धुपाल्चोक,

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी मृत्यु भएका परिवारलाई रु एकएक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

किरियाखर्चबापत प्रतिमृतक रु २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरणमा उहाँसहित जुगल गाउँपालिका र इन्द्रेणी परिवार हिँडेर लिदी पुगेका थिए । पहिरो प्रभावितलाई प्रतिपरिवार रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गरिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्