एसियाड : पदक विजेता टोली स्वदेश फिर्ता – Janadesh Daily | ePaper

एसियाड : पदक विजेता टोली स्वदेश फिर्ता


चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।
एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी थिइन । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी हुन् । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक प्राप्त गरेको हो । सन् १९९८ मा नेपालकी तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।
त्यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले पनि नेपाललाई  कास्य पदक दिलाएको छ ।  नेपालले यसअघि १८औँं संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको थियो । अहिलेसम्म नेपालले एसियाडमा तीन रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्