सुनको भाउ: फेरि एक लाख नाघ्यो – Janadesh Daily | ePaper

सुनको भाउ: फेरि एक लाख नाघ्यो


जनादेश काठमाण्डौ ।

सुनको भाउ फेरि एक लाख नाघेको छ । आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजोको तुलनामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सोमबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार एक हजार ३ सय ८० रुपैया पुगेको छ ।

यसअघि लगातार सुनको मूल्य बढे पनि केही दिनअघि फेरि घटेको थियो । गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सुनको भाउ विस्तारै घट्न थालेको थियो । साउन २८ गते नेपाली बजारमा सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।

कोरोना महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्