सेयर बजारमा २३ अंकको गिरावट – Janadesh Daily | ePaper

सेयर बजारमा २३ अंकको गिरावट


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २३.८२ अंकले घटेर एक हजार ८२९.६५ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, उत्पादन १५२, व्यापार २९ र अन्य उपसमहू २४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर ९.९४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मेन्छियाम हाइड्रोपावरको सेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसदिन २८५ कम्पनीको ३६ लाख ७५ हजार कित्ता सेयर ९५ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्