नेप्से ९अंकले बढ्यो, एक अर्ब ३४ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ९अंकले बढ्यो, एक अर्ब ३४ करोडको कारोबार


बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ९.८७ अंकले बढेर एक हजार ८६०.२० विन्दुमा पुगेको छ ।

आज विकास बैंक ६२, फाइनान्स १८, होटल तथा पर्यटन ३०, जलविद्युत् २१, जीवन बीमा ३३०, निर्जीवन बीमा १७९, उत्पादन ४४ र व्यापार उपसमूह ३१ अंकले बढेको छ । बैंकिङ ८, माइक्रोफाइनान्स ९ र अन्य उपसमहू १ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज नबिल बैंक लिमिटेडको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको
छ ।

यसदिन २९२ कम्पनीको ४४ लाख २० हजार कित्ता सेयर एक अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्