नेप्से ४७ अंकले बढ्यो, दुई अर्बको कारोबार – Janadesh Daily | ePaper

नेप्से ४७ अंकले बढ्यो, दुई अर्बको कारोबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४७.७५ अंकले बढेर एक हजार ९०७.९५ विन्दुमा पुगेको छ ।

बैंकिङ २१, विकास बैंक ९५, फाइनान्स ६३, होटल तथा पर्यटन ९०, जलविद्युत् ६०, जीवन बीमा ४४९, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ३५८, उत्पादन १५३, व्यापार ९६ र अन्य उपसमहू २५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विजय लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज इन्फिनीटी लघुवित्त र एनएमबी शुलभ इन्भेष्टमेन्ट फन्ड २ को सेयर झण्डै साढे दुई प्रतिशतले घटेको छ ।

यसदिन २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता दुई अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्