११ अंकले घट्यो नेप्से, एक अर्ब ७५ करोडको कारोबार – Janadesh Daily | ePaper

११ अंकले घट्यो नेप्से, एक अर्ब ७५ करोडको कारोबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ११.२७ अंकले घटेर एक हजार ८९६.६७ विन्दुमा पुगेको छ ।

बैंकिङ १, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४, उत्पादन ४० र अन्य उपसमूह १ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन १२ र व्यापार उपसमूह १० अंकले बढेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तिय संस्थाको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर स्याङगे हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यसदिन २९० कम्पनीको ६० लाख १७ हजार कित्ता सेयस एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्