नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाकै १ लाख २१ हजार नाघ्यो – Janadesh Daily | ePaper

नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाकै १ लाख २१ हजार नाघ्यो


काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ । दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयााँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्