मंसिर २७ गतेदेखि आइपीओ जारी गर्दै हिमालयन रिइन्सुरेन्स – Janadesh Daily | ePaper

मंसिर २७ गतेदेखि आइपीओ जारी गर्दै हिमालयन रिइन्सुरेन्स


मंसिर २७ गतेदेखि हिमालयन रिइन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्न लागेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

सोमध्ये, २ प्रतिशत अर्थात, ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात, १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ ।

बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्