नेप्से ३८ अंकले बढ्यो, ६ अर्ब ८६ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ३८ अंकले बढ्यो, ६ अर्ब ८६ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से ३८.१४ अंकले बढेर एक हजार ०६०.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ २२, विकास बैंक ७३, फाइनान्स ४६, होटल तथा पर्यटन १७९, जीवन बीमा १०५, उत्पादन १४६, माइक्रोफाइनान्स १९७, निर्जीवन बीमा १३, अन्य २५ र व्यापार २४ अंकले बढेको छ । यस्तै, जलविद्युत् उपसमूह ७ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल, सूर्योज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, वीपीडब्ल्यू लघुवित्त, नरुडे लघुवित्त, धौलागिरि लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन पावर पार्टनर कम्पनीको सेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

यस दिन ३०५ कम्पनीको दुई करोड १४ लाख कित्ता सेयर छ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्