हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट – Janadesh Daily | ePaper

हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट


हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमध्ये ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । आइपीओमा ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । जसमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटको वेबसाइट, मेरोसेयर एकाउन्ट, हिमालयन रिइन्सुरेन्स कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट नतिजा हेर्न सक्नेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्