अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर पुग्यो – Janadesh Daily | ePaper

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर पुग्यो


सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ । यसै गरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले) वृद्धि भएको निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै मङ्गलबार उल्लेख गरेको छ ।

अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ ।

यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्य मन्त्री नुरुद्दीन अजीजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताउनु भएको थियो ।

अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुहरूमा कोइला, केसर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य पत्थर धातुहरू रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्