७ अंकले घटेको सेयर बजारमा ८ अर्ब १७ करोडको कारोबार – Janadesh Daily | ePaper

७ अंकले घटेको सेयर बजारमा ८ अर्ब १७ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ७.२४ अंकले घटेर दुई हजार १५५.८२ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक २८, लगानी ०.६४, जीवन बीमा ५७, उत्पादन ७७, निर्जीवन बीमा १२७, होटल तथा पर्यटन ७९, ब्यापार समूह २६ र माइक्रोफाइनान्स उपसमूह ४० अंकले घटेको छ । त्यस्तै, फाइनान्स ३, हाइड्रोपावर समूह २१ र अन्य उपसमूह २२ अंकले बढेको छ ।

आज तेह्रथुम पावर कमपनीको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपती लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यस दिन २९८ कम्पनीको दुई करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्