३१ अंकले घट्यो नेप्से, ६ अर्ब ३६ करोडको कारोबार – Janadesh Daily | ePaper

३१ अंकले घट्यो नेप्से, ६ अर्ब ३६ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घटेर दुई हजार ०९८.६९ विन्दुमा पुगेको छ ।

बैंकिङ १३, विकास बैंक ६३, लगानी १, जीवन बीमा ८१, उत्पादन ७८, निर्जीवन बीमा १३७, होटल तथा पर्यटन ३३, माइक्रोफाइनान्स ७६, फाइनान्स ३२, हाइड्रोपावर ६० र अन्य उपसमूह ३१ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमूह भने १० अंकले बढेको छ ।

आज दोर्दी खोला जलविद्युतको सेयर झण्डै साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर साङ्गे हाइड्रोपावरको सेयर बैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन ३०७ कम्पनीको एक करोड ८० लाख कित्ता सेयर ६ अर्ब ३६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्