१० अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार – Janadesh Daily | ePaper

१० अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार


बुधबार सेयर बजार परिसूचक नेप्से १०.२५ अंकले घटेर दुई हजार ०८८.०४ विन्दुमा पुगेको छ ।

विकास बैंक ४०, जीवन बीमा ३८, उत्पादन १२, निर्जीवन बीमा ३२, होटल तथा पर्यटन ६, माइक्रोफाइनान्स ३, फाइनान्स ८, हाइड्रोपावर ३३, अन्य १, ब्यापार उपसमूह ३० अंकले घटेको छ । त्यस्तै, आज बैंकिङ उपसमूह १ अंकले बढेको छ ।

आज तेह्रथुम पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३११ कम्पनीको एक करोड १० लाख कित्ता सेयर ३ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्