राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि ओख्रे प्रथम – Janadesh Daily | ePaper

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि ओख्रे प्रथम


दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ । चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित वडा नं २ ओख्रेडाँडागाउँको उक्त विद्यालय प्रथम भएको हो ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित छोरम्बूस्थित शान्ति मावि दोस्रो भएको छ भने तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित डाँडाखर्कस्थित सरस्वती मावि तेस्रो भएका छन् । माघ १२ गतेदेखि सुरु भएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १५, रु १२ र रु नौ हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिनुभयो । विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार गाउँपालिका प्रमुख लोकेन्द्र राईले पुरस्कार प्रदान गर्नुभयो ।

अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । तेह्रौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्