सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट – Janadesh Daily | ePaper

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट


सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत भएको बाँडफाँटमा ५ हजार ३४० जनाले ५० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा ३३ हजार ८२४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३३ हजार ८१० जनाको आवेदन योग्य भएको थियो । सोमध्ये पनि ५ हजार ३४० जनाले सेयर पाएका हुन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो । बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । सोही बमोजिम न्यूनतम ५० कित्ताका दरले नै सेयर बाँडफाँट गरिएको हो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सह बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, प्रभु क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्