५ अंकले घट्यो नेप्से, ३ अर्ब २१ करोडको कारोबार – Janadesh Daily | ePaper

५ अंकले घट्यो नेप्से, ३ अर्ब २१ करोडको कारोबार


आइतबार सेयर बजार परिसूचक नेप्से ५.३१ अंकले घटेर दुई हजार ०६१.७० विन्दुमा पुगेको छ ।

बैंकिङ २, होटल तथा पर्यटन २७, हाइड्रोपावर १०, जीवन बीमा ५७, उत्पादन ९, माइक्रोफाइनान्स ७, अन्य १८ र ब्यापार उपसमूह १ अंकले घटेको छ । त्यस्तै, विकास बैंक २६, निर्जीवन बीमा ५५ र फाइनान्स उपसमूह ७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्तको सेयर ५.३७ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०७ कम्पनीको ९२ लाख कित्ता सेयर ३ अर्ब २१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्