‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म – Janadesh Daily | ePaper

‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म


काठमाडौँ।  आनीछोइङ डोल्माको जीवनीप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा: नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ ।

हङकङस्थित सिटी युनिभर्सिटीमा आमसञ्चारका प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर सो वृत्तचित्र तयार गर्नुभएको हो । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिनुभयो ।

डोल्माको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको जनाइएको छ । निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहने बताउनुभयो ।

सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि डोल्माले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले उल्लेख गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्