माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी – Janadesh Daily | ePaper

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बसिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

आजको बैठकमा पार्टीको आगामी अभियान र नेताहरूको कार्य विभाजसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

माओवादीको हालै भएको विधान अधिवेशनले तराई(मधेश अभियान, उत्तर(दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसअघि भएको चार महिने अभियानमा खट्ने नेता कार्यकर्तालाई सम्मान र नखट्नेलाई चेतावनीदेखि कारबाही गर्नेसम्मको तयारी माओवादीले गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्