जापान एयरलाइन्सद्वारा ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा – Janadesh Daily | ePaper

जापान एयरलाइन्सद्वारा ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा


जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ।

कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ ।

एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणबारे टिप्पणी गर्न भने अस्वीकार गर्नुभयो ।

“यी नयाँ विमानहरूको खरिदले उत्तर अमेरिका, एशिया र भारतजस्ता क्षेत्रहरूमा प्राथमिक ध्यान केन्द्रित गर्दै एयरलाइन्सको अन्तर्राष्ट्रिय आवागमनको क्षमता बढाउने र विस्तार गर्ने लक्ष्य राखेको छ,” जापान एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“जापान एयरलाइन्स समूह कार्बन डाइअक्साइड उत्सर्जन घटाउने लक्ष्य हासिल गर्ने प्रयासको एक भागको रूपमा ईन्धन–कुशल विमानको परिचयलाई निरन्तर अगाडि बढाउन प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ ।

जापानले आर्थिक वर्ष २०३० सम्ममा सन् २०१९ को तुलनामा कूल उत्सर्जनमा १० प्रतिशतले कमी ल्याउने र आर्थिक वर्ष २०५० सम्ममा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्