६ अंकले घट्यो नेप्से, २ अर्ब ८७ करोडको कारोबार – Janadesh Daily | ePaper

६ अंकले घट्यो नेप्से, २ अर्ब ८७ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से ६.२६ अंकले घटेर दुई हजार ०१२.०७ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १३, अन्य ६, विकास बैंक २, जीवन बीमा १५, फाइनान्स १२, उत्पादन २१, बैंकिङ ४, निर्जीवन बीमा ४२ र माइक्रोफाइनान्स उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ५९ र ब्यापार उपसमूह ५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज गुँरास लघुवित्त वित्तिय संस्था र माइखोला हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ८७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्