सुनको मूल्य घट्यो, तोलाको कति ? – Janadesh Daily | ePaper

सुनको मूल्य घट्यो, तोलाको कति ?


काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ ।

सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।

यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्