यस वर्ष नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण – Janadesh Daily | ePaper

यस वर्ष नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंक सो प्रक्षेपण गरेको हो । गत जनवरीमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले अहिले भने केही घटाएको हो ।

यस तर सरकारले भने चालू आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो । यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

यस्तै, आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्