सुनको मूल्य तोलामा एक हजारले बढ्यो – Janadesh Daily | ePaper

सुनको मूल्य तोलामा एक हजारले बढ्यो


काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्