चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल – Janadesh Daily | ePaper

चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल


चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।

अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू रहेका छन् ।

पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना ९पिआरआइसी० को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफको धाराहरू यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियलहरू बन्छन् ।

“बरफको पत्रको गतिशीलता, पानीमुनि जम्ने प्रक्रिया, सबग्लेसियल भू–रासायनिक चक्रका साथै जीवनको विकास बुझ्नका लागि अन्टार्कटिकामा सबग्लेसियल तालहरूको अध्ययन महत्त्वपूर्ण छ”, ताङले भन्नुभयो ।

वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर ९भिएई० प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिबिम्बको वेभफर्म सुविधाको विश्लेषण गर्न नयाँ विधि प्रस्तुत गरेका छन् ।

उक्त विधि प्रयोग गरेर अनुसन्धान टोलीले पूर्वी अन्टार्कटिकाका गम्बर्टसेभ सबग्लेसियल पर्वतहरूको एजिएप–एस क्षेत्रमा बरफ राडार छविको व्यापक स्क्यान गरेको छ । परम्परागत विधिहरूले पहिचान गरेकोभन्दा ज्यामितीय रूपरेखा धेरै सानो भएका ४६ वटा सबग्लेसियल तालको अस्तित्व रहेको नतिजाले देखाएको छ ।

यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र शुद्धतामा उल्लेखनीय सुधार गरेको र अन्टार्कटिकामा अन्य प्रकारका सबग्लेसियल वातावरण पत्ता लगाउन र लेबलिङलाई विस्तार गर्न सकिने विश्वास गरिएको छ ।

उक्त अनुसन्धान पिआरआइसी, चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस ९वुहान० र दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोलीले संयुक्तरूपमा गरेको हो । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिक बरफको पत्रमुनि कूल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्