छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ – Janadesh Daily | ePaper

छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ


काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्