किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ – Janadesh Daily | ePaper

किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ


काठमाडौंको नयाँ बानेश्वरमा १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्