‘माइली’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित – Janadesh Daily | ePaper

‘माइली’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित


रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।

फिल्म युनिटले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए ।

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ रु उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ रु यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असारको अन्तिमबाट छायाङ्कन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्