कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, सतर्क रहन प्रशासनको आग्रह – Janadesh Daily | ePaper

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, सतर्क रहन प्रशासनको आग्रह


पूर्वीपहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जल सतह बढेको छ । जल सतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोशी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको हो ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् ।

नदीमा निरन्तर जल स्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छ भने राता झण्डा फहराइएका छन् ।

सप्तकोसी जल मापन केन्द्रले जल सतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्