६४ अंकले बढ्यो नेप्से, २१ अर्ब ९१ करोडको कारोबार – Janadesh Daily | ePaper

६४ अंकले बढ्यो नेप्से, २१ अर्ब ९१ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ६४.२५ अंकले बढेर दुई हजार ७६०.९० विन्दुमा पुगेको छ ।

बैंकिङ १६, विकास बैंक १६९, जीवन बीमा २६४, उत्पादन १४१, होटल तथा पर्यटन २०८, अन्य ७९, माइक्रोफाइनान्स ३४, फाइनान्स २६२, हाइड्रोपावर ६९, निर्जीवन बीमा २४३ र ब्यापार उपसमूह १०१ अंकले बढेको छ ।

आज यूनाइटेड अजोड इन्स्योरन्स, गूर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यसोरी हाइड्रोपावर, मकर जितुमाया सुरी आइड्रोपावर, नेपाल रिपब्लिक मीडीया र कुथली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिभिल बैंक डीबेन्चर २०८८ को सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन ३३२ कम्पनीको ५ करोड ९ लाख कित्ता सेयर २१ अर्ब ९१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्