१४५ अंकले घट्यो नेप्से, २३ अर्ब ७१ करोडको कारोबार – Janadesh Daily | ePaper

१४५ अंकले घट्यो नेप्से, २३ अर्ब ७१ करोडको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर दुई हजार ६५१.३२ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १६१, ब्यापार २२६, अन्य २८, जीवन बीमा ८७०, होटल तथा पर्यटन ६२४, निर्जीवन बीमा ६८६, बैंकिङ ९, विकास बैंक २९२, फाइनान्स २८१, उत्पादन ३६९ र माइक्रोफाइनान्स उपसमूह २०५ अंकले घटेको छ ।

आज नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, ओरियन्टल होटल, श्री इन्भेस्टमेन्ट फाइनान्स, तारागाउँ रिजेन्सी र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज थ्रीस्टार हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन ३२२ कम्पनीको ५ करोड ३८ लाख कित्ता सेयर २३ अर्ब ७१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्