श्रीलङ्कालाई हराउँदै ‘काभा भलिबल’ को फाइनलमा भारत – Janadesh Daily | ePaper

श्रीलङ्कालाई हराउँदै ‘काभा भलिबल’ को फाइनलमा भारत


काठमाडौं । श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत काठमाडौं जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५/२५, दोस्रो सेट १६/२५ र तेस्रो सेट २३/२५ ले आफ्नो पक्षमा पार्न सफल भयो। पहिलो दोस्रो सेटको तुलनामा श्रीलंका तेस्रो सेटमा निकै दबाब दिए पनि जित भने हासिल गर्न सकेन।

यस्तै, भारतले उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग बुधबार फाइनल खेल्नेछ। नेपाल इरानबीचको आजै ५:१५ बजेबाट सुरु हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्