विद्युत प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड – Janadesh Daily | ePaper

विद्युत प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिएका हुन् । दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा त्यतिका कमाएको नाफा बताएका हुन् ।

‘आर्थिक वर्ष ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन,’ घिसिङले भने, ‘आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफ कमाउँदै प्राधिकरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।’ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ संचित नाफमा पुगेको पनि उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्