गायक प्रकाश तिमिल्सिनाको निधन – Janadesh Daily | ePaper

गायक प्रकाश तिमिल्सिनाको निधन


काठमाडौं। गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो नेपाली ताराबाट सांगीतिक क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधैँ एकनास हुँदैन’ लगायत गीत चर्चित छन्।

गायक तिमिल्सिनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको आजै पशुपतिमा अन्त्येष्टी गरिने जनाइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्