नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपतिको राजीनामा स्वीकृत – Janadesh Daily | ePaper

नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपतिको राजीनामा स्वीकृत


नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको राजीनामा स्वीकृत गरेका छन् ।

संस्कृत विश्वविद्यालयमा उपकुलपति लामिछाने र कुलसचिव माधवप्रसाद अधिकारीबीच द्वन्द्व बढेपछि लामिछानेले राजीनामा दिएका हुन् । उपकुलपति लामिछानेले कुलसचिव अधिकारीलाई आर्थिक अनियमितताको आरोपमा निलम्बन गरेका थिए ।

तर, प्रधानमन्त्री र एमाले महासचिव शंकर पोखरेलको दबाबमा उनले कुलसचिवमाथिको निलम्बन फुकुवा गरेका थिए । यता, कुलसचिव अधिकारीले भने उपकुलपति लामिछानेले आफ्ना निकटकालाई नयाँ नियुक्ति र बढुवा गर्न थालेपछि आफूले सहमति नदिएको बताएका छन् ।

उपकुलपति लामिछानेले नेपाल संस्कृत विश्वविद्यायलका कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष साउन २७ गते राजीनामा दिएका थिए । उनको राजीनामा आज स्वीकृत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्