काभा भलिबलमा पदक जित्ने खेलाडीलाई जनही ३ लाख नगद – Janadesh Daily | ePaper

काभा भलिबलमा पदक जित्ने खेलाडीलाई जनही ३ लाख नगद


सरकारले काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

गत ३१ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।

सरकारले १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई २ लाख, सहायक प्रशिक्षक भरत यादवलाई १ लाख २० हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीमा प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पूनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्टलगायत रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्