क्रिकेटर लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी – Janadesh Daily | ePaper

क्रिकेटर लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी


काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको छ।

आइतबार, उच्च सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने सम्बन्धमा रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ।

सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो, तर उच्च अदालत पाटनले उनलाई सफाइ दिएको थियो। उच्च अदालत पाटनको निर्णय पछि, घटनामा पीडित भनिएकी गौशाला(२६ ९परिवर्तित० ले मुद्दा अगाडि नबढाइदिनको लागि महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन्।

महान्यायाधिवक्ताको कार्यालयले पीडितको निवेदनलाई पनि ध्यानमा राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्