डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार पुग्यो – Janadesh Daily | ePaper

डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार पुग्यो


काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो ।

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका अनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित सङ्ख्या छ । सो जिल्लामा ११ सय ४९ जना ंक्रमित छन् । यस्तै, कास्कीमा ७६४ जनामा सङ्क्रमण देखिएको छ भने पर्वतमा ६५७ जना, काठमाडौँमा ५५२ जनामा सङ्क्रमण फैलिएको छ । यस्तै, चितवनमा ५३३ जना, गोरखामा २६२ जना, झापामा १६८ जना, मकवानपुरमा १२५ जना, ललितपुरमा ११९ जना र स्याङ्जामा ११५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट नै जोगिनुपर्ने चिकित्सक सुझाउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्