पत्नीको हत्या आरोपमा एक युवक पक्राउ – Janadesh Daily | ePaper

पत्नीको हत्या आरोपमा एक युवक पक्राउ


काठमाडौँ । ललितपुरको धापाखेलमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने भक्तिराज राई छन् ।

भदौ १२ मा भक्तिराजकी पत्नी ३५ वर्षीय शशिकला राई धापाखेल स्थित डेरामा मृत भेटिएकी थिइन् । उनलाई पतिले हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

धापाखेल स्थित नखुडोलमा पत्नीसँगै बस्दै आएका भक्तिराजलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्