अर्खाखाँचीमा जीप दुर्घटना, १० जना घाइते – Janadesh Daily | ePaper

अर्खाखाँचीमा जीप दुर्घटना, १० जना घाइते


अर्घाखाँची । वुधवार बिहान करिब ११ बजेको समयमा अर्खाखाँचीमा एउटा जीप दुर्घटनामा परेको छ ।

अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४७६३ नम्बरको डवल क्याप जीप दुर्घटना भएको बताइएको छ । अर्घाखाँचीको जत्रदेवबाट हिँडेको जीप सडकबाट करिब ६० मिटर तल खस्दा जीपमा यात्रा गरिरहेका १० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएको सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्