संस्कृतको पठनपाठन विस्तार गर्न आग्रह – Janadesh Daily | ePaper

संस्कृतको पठनपाठन विस्तार गर्न आग्रह


जनादेश, काठमाण्डौ:

नेपालको प्राचिन र मौलिक भाषाका रूपमा रहेको संस्कृतलाई सबै तहमा अध्ययन–अध्यापनको वातावरण मिलाउन शिक्षाविद् तथा संस्कृत वाङ्यमयप्रेमीले आग्रह गरेका छन् ।

जयतु संस्कृतम् नेपालद्वारा भर्चुअलरूपमा आयोजित कर्णाली प्रदेशमा संस्कृत लोकभाषा अभियान तथा साधारण विद्यालयमा संस्कृत भाषाको प्रयोगको सान्दर्भिकता विषयक संवाद कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले संस्कृतलाई कर्मकाण्डीरूपमा मात्रै प्रचारित गरिनु दुःखद् भएको उल्लेख गर्दै संस्कृतमा पाइने दर्शन, ज्ञान विज्ञान र आयुर्वेदलाई पश्चिमा जगत्ले उजागर गर्न थालिसकेका सन्दर्भमा नेपालमा यसको थप जागृत गर्न जोड दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिष्ट्रार उपाध्यायले एसइईमा संस्कृत पढेकालाई मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने प्रावधान हटाइ खुला र प्रतिस्पर्धात्मकरूपमा पठनपाठन अगाडि बढाउन आग्रह गर्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव जनार्दन नेपालले विसं २०२८ को राष्ट्रिय शिक्षा पद्धतिपछि औपचारिक शिक्षामा संस्कृत भाषाको प्रवेश भएको र संस्कृतको महत्व बुझाउन नसक् सशस्त्र द्वन्द्वकालमा यस भाषाको उपेक्षा हुन पुगेको औल्याउँदै यस भाषाको महत्वबारे थप अध्ययन गर्न आग्रह गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्