ओस्कर अवार्डको नियम परिवर्तन – Janadesh Daily | ePaper

ओस्कर अवार्डको नियम परिवर्तन


जनादेशडेली संबाददाता ।

१९ अषाढ, काठमाण्डौ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ओस्कर अवार्ड दुई महिना पछि सरेको छ। यसअघि फेब्रुअरीमा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ। ओस्करको ९३औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ।

विश्वभर फैलिएको महामारीका कारण ओस्करले अवार्ड आयोजनाको मिति मात्र होइन, केही नियम पनि परिवर्तन गरेको छ। नेपालको ओस्कर कमिटीलाई पठाइएको सूचनाअनुसार यो साल फिल्म पठाउने समयसीमा दुई महिना पर धकेलिएको छ। अघिल्ला वर्षमा अक्टोबर अन्तिमसम्म फिल्म पठाइसक्नुपथ्र्याे भने यो साल डिसेम्बर ३१ सम्म ओस्करका लागि फिल्म पठाइसक्नुपर्ने प्रावधान राखिएको छ। महामारीका कारण रिलिज गर्ने समयसीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल ओस्कर अवार्ड लचिलो बनेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्